नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


अवैध हातहतियार बुझाउने

गृह मन्त्रालयको मिति २०७१।४।५ मा प्राप्त निर्देशन अनुरुप अवैध रुपमा राखिएका हातहतियार २०७१ श्रावण मसान्त भित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन र यस कार्यमा सहयोग गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस अवधिभित्र अवैध हातहतियार बुझाउनेलाई कुनै कानूनी कारवाही चलाइने छैन तर, यस सूचनाको वर्खिलाप गरी म्याद भित्र त्यस्तो हातहतियार नबुझाएमा कडा कानूनी कारवाही हुने व्यहोरा समेत सूचित गरिएको छ । 

प्रगतिः-
        यसरी २०७१ श्रावण महिनामा अवैध हातहतियार अन्तर्गत २२ थान भरुवा बन्दुक नागरिकहरुले स्वस्फुर्त रुपमा जिल्ला प्रहरी कार्यालय मातहतका इकाईहरुमा बुझाएका छन् । उक्त हतियार    २०७१।५।५ मा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय