नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


नागरिकताको तेस्रो प्रतिलिपि र सो भन्दा बढी हुँदा

द्रुत सेवा (fast track) बाट राहदानी प्राप्त गर्न इच्छुक नेपाली नागरिकहरुको लागि आवेदन फाराममा फोटो सहित सिफारिस गर्दा 'तेस्रो प्रतिलिपि' वा सो भन्दा बढी प्रतिलिपि नागरिकता प्रमाणपत्र पेश गर्ने आवेदकहरुको हकमा प्रहरीद्वारा चारित्रिक प्रमाणपत्र सहित संलग्न भई आएको आवेदनमा मात्र सिफारिस गर्न आवश्यक व्यवस्था हुन अनुरोध छ । सो बमोजिम नभई प्राप्त हुने आवेदनमा विभागबाट कारवाही हुन नसक्ने भनी राहदानी विभाग नारायणहिटी काठमाण्डौको च.नं. ३९ मिति २०७१/४/१ को पत्रबाट लेखी आएको हुँदा सोही व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय