नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


तिव्र वर्षाबाट सुरक्षित हुन

      २०७१ असोज ३ र ४ का दिन तिव्र वर्षा हुने भनी मौषम पूर्वानुमान सम्बन्धी जानकारी, गृह मन्त्रालय मार्फत प्राप्त हुन आएको हुँदा सम्भावित जोखिमबाट बच्न समुचित सतर्कता अपनाउन सबैमा सूचित गरिएको छ ।


      कुनै किसिमको प्रकोपजन्य घटनाबारे नजिकको प्रहरी इकाई वा माेबाइल नं. ९८५२६२७७७७ मा तुरुन्त प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिनु भएमा विपद् व्यवस्थापन प्रतिकार्य (उद्दार/राहत) तत्काल मिलाउन सहज हुने व्यहोरा समेत अनुरोध गरिन्छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय