Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

Visit Nepal 2020 - Ministry of Home Affairs

थाक्ले मन्दिर (सिंहदेवी मन्दिर)

7 महिना अगाडी

2075-10-10


पाँचथर सदरमुकाम फिदिमदेखि करीब ७ किलोमीटर दूरीमा अवस्थित यस थाक्ले मन्दिरको आफ्नै पुरातात्विक एवं धार्मिक महत्व रहेको छ । विक्रम सम्वत १९५४ सालमा निर्मित यस मन्दिर हाल फिदिम नगरपालिकाको वडा नं ५ रहेको छ। मन्दिर नजिकैसम्म मोटरवाटो सुविधा भएकाले फिदिम वजारवासी मुख्य पर्व र चाडमा बिहान गएर पुजा गरी फर्कने गर्दछन् । यस मन्दिरलाई सिंहदेवी मन्दिरका नामले समेत पुकारिन्छ । सदरमुकाम नजिकै रहेकाले यहाँ दैनिक तीन/चारसय मानिस पुग्‍ने गर्दछन । किंवदन्ती अनुसार विक्रम सम्वत १८०० मा फिदिम ५ का खनाल थरका एक दम्पती हाल मन्दिर भएको ठाँउमा दाउरा खोज्न गएका थिए । उनीहरु त्यहाँ पुग्‍नासाथ एउटा सुकेको दाउरो लड्दै गएर अलितल अडियो । त्यसपछि दाउरा खोज्न गएकी खनाल महिला दाउरो लिन जाँदा नजिकै बाघ सुतिरहेको थियो त्यो देख्दा उनी बेहोस भइन् । तर बाघले ती दम्पतीलाई केही गरेन अन्त्यमा खनालले धुपबत्ती सल्काएर पूजा गरेपछि बाघ उठेर गयो । त्यसपछि त्यहाँ सिंहदेवीको बास रहेको बिश्वासमा स्थानीयले मन्दिर निर्माण गरी पुजा गर्न थाले । त्यसताका बाघ सुतेको स्थानमा ठूलो गुफा छ । त्यस गुफामा महिनावारी शुरु भएका महिलालाई भने प्रवेश निशेध गरिएको छ । गुफाभित्र विभिन्‍न आकृतिहरु रहेको देखिन्छ । यस मन्दिर क्षेत्रका ठूला ठूला ढुंगामा फिदिम १ का रुद्र तुम्रोकले कुँदेका युमा, सिरिजंगा र शिव पार्वती आदिका मुर्तीले मन्दिरको शोभा वढाएको छ ।

सूचना


सबै सूचना हेर्नुहोस