Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

सोमबार, असार १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पाँचथर जिल्लाको संक्षिप्त परिचय

2075-10-10

2075-10-10


पाँचथर जिल्ला नेपालको संघीय संरचनानुसार कोशी प्रदेशमा अवस्थित पहाडी जिल्ला हो । जिल्लाको सदरमुकाम फिदिम हो । यो जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि. मि. मा फैलिएको छ । विकट तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग र यहाँ पाइने बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतो जस्ता वनस्पति आदिले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै बढि रहेको छ । यो जिल्ला पल्लो किरातको नामले पनि प्रसिद्ध छ । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट कुनै आधार नदेखिएता पनि शोधकर्ताहरूका आधारमा पाँचथर “पान्थरथुम” शब्दबाट नामाकरण भएको भन्ने भनाई रहेको छ । पान्थरथुम शब्द पान्थरू र थुम मिलेर बनेको शब्द हो । पान्थरूको अर्थ कुरामा सहमति मिलेको (Agreed), र थुमको अर्थ ईलाका वा किल्ला (District) हो । किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको ऐतिहासिक वर्णनमा नै “पान्थर” शब्द प्रयोग भएको पाइन्छ । यो जिल्ला विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जात जाती र भाषा भाषीको संगम स्थल पनि हो । पाँचथर जिल्लामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सम्पन्न पर्यटकीय स्थलहरू पनि छन् ।

पछिल्लो अपडेट गरिएको : 2083-03-01 08:54:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .