2075-10-11
2075-10-11
संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रिया
१) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२) वावु र बंशज खुल्ने आमा, दाजु, भाई मध्ये कसैको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. ह ३ से.मी. साइजको फोटो २ प्रति ।
४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र र जन्म दर्ता ।
५) नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख सम्वन्धी विवरण ।
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
जिम्मेवार पदाधिकारी:- सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारीः– प्र.जि.अ.
दस्तुर :- नागरिकताका लागि रु. १०।– र प्रतिलिपीका लागि रु. १३।– को टिकट
कार्य सम्पादन गरिने समयः- प्रमाण पुगेकोमा पेश भएकै दिन ।
नागरिकता लगायतका प्रमाणपत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।