2075-10-11
2075-10-11
संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रियाः
१) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–७ फाराम
२) विवाह दर्ता प्रमाण र सपथ पत्र ।
३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र ।
५) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. ह ३ से.मी. साइजको फोटो २ प्रति ।
६) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : नागरिकताका लागि रु. १०।– र प्रतिलिपीका लागि रु. १३।– को टिकट
कार्य सम्पादन गरिने समयः प्रमाण पुगेकोमा पेश भएकै दिन । नागरिकता लगायतका प्रमाणपत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।