सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, पाँचथरको विशेष अनुरोध
2075-09-17
2075-09-17
जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवावापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन ।
जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छौं भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस् । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीलाई सूचना दिनुहोस् ।
कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस् ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टी नै हाम्रो सन्तुष्टी हो ।
ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकता साथ सेवा उपलब्ध हुन्छ । साथै यस कार्यालयमा प्रयोग हुने निवेदन निशुल्क सहायता कक्ष (Help Desk) बाट उपलब्ध हुने र लेखि दिने समेतको व्यवस्था भएकोले सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।
सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर छन् ।
कार्यालयको सेवासम्बन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेभसाइट www.daopanchthar.moha.gov.np मा लगइन गरेर र एन्ड्रोइड मोवाइलको गुगल प्लेस्टोरमा गई DAO Panchthar लेखेको एप्लिकेशन डाउनलोड गरी हेर्नुहोस । साथै यस कार्यालयको फेसवुक पेज जिल्ला प्रशासन कार्यालय पाँचथर बाट पनि यस कार्यालयको विभिन्न गतिविधि तथा सूचना तथा समाचार समेत जानकारी लिन सकिने छ ।
जिल्ला प्रशासन कार्यालय, पाँचथरमा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राहीहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, सिकायत र सुझाव दिन टोल फ्रि नम्बर १६६०२४५२१११ र ईमेल ठेगाना dpanchthar@gmail.com मा सम्पर्क गर्नुहोस् वा यस कार्यालयको सूचना एवं गुनासो सुनुवाई अधिकारीसँग सम्पर्क गर्नुहोस् ।
कार्यालय परिसरलाई प्लाष्टिक/फोहोर निषेधित क्षेत्र घोषणा गरिएको छ ।