पत्रपत्रिका दर्ता सम्बन्धी
शुल्क
दैनिक रु. १०००।, अर्थ साप्ताहिक रु. ७००।, साप्ताहिक रु. ५००।, पाक्षिक रु. ३००। मासिक र अन्य रु. २००।
लाग्ने समय
प्रक्रिया पुगेकै दिन
कागजातहरु
१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको हुनुपर्ने
२. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि
३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि
४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण)
५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले
६. कर तिरेको प्रमाण
७. प्रकाशकको प्रहरी प्रतिवेदन
