| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
शान्ति सुरक्षा सम्बन्धी |
|||||||||||
|
यथार्थ विवरण सहितको निवेदन । निवेदकको नागरिकता प्रमाणपत्र । |
|||||||||||
| 2 |
वंशज नेपाली नागरिकता सम्बन्धी |
|||||||||||
|
१) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–१ फाराम । २) वावु र बंशज खुल्ने आमा, दाजु, भाई मध्ये कसैको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति । ३) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. ह ३ से.मी. साइजको फोटो २ प्रति । ४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र र जन्म दर्ता । ५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति । ६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नागरिकता । ७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख सम्वन्धी विवरण । ८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत । ९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र । १०) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का । |
|||||||||||
| 3 |
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) सम्बन्धीः |
|||||||||||
|
१) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–७ फाराम २) विवाह दर्ता प्रमाण र सपथ पत्र । ३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । ४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र । ५) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. ह ३ से.मी. साइजको फोटो २ प्रति । ६) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का । |
|||||||||||
| 4 |
कर्मचारी परिवारका लागि नागरिकता सम्बन्धी |
|||||||||||
|
१. अनुसूची १ (वंशज) अथवा अनुसूची ३ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम । २. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । ३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र । ४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि), ५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत । |
|||||||||||
| 5 |
वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपिः |
|||||||||||
|
१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी स्थानीय तहबाट सिफारिस भएको । २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । ३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र । ४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ । |
|||||||||||
| 6 |
नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी |
|||||||||||
|
१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस २. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि ३. बाबु र आमाको विवाह दर्ता प्रमाण ४. बाबु र आमासंगको नाता प्रमाण ५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि ६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण ७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस ८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ । |
|||||||||||
| 7 |
नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धीः |
|||||||||||
|
१) सम्वन्धित व्यक्तिको निवेदन, नागरिकता प्रमाणपत्र र अन्य सम्बन्धित कागजातको प्रतिलिपी २) सम्वन्धित व्यक्तिको पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) । ३) सम्वन्धित महानगरपालिका/गाउँपालिकाको सिफारिश र नाता प्रमाणितको प्रतिलिपी । ४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि । ५) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का । ६. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ७. शैक्षिक संस्थाको सिफारिश पत्र ८. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ । |
|||||||||||
| 8 |
कुनै व्यहोरा प्रमाणित सम्बन्धी |
|||||||||||
|
१. व्यहोरा खुलेको निवेदन २. स्थानीय तहको सिफारिसपत्र ३. अन्य प्रमाण |
|||||||||||
| 9 |
साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धीः |
|||||||||||
|
नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुपर्नेछ । | |||||||||||
| 10 |
हातहतियार इजाजतः |
|||||||||||
|
१. निवेदन २. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. स्थानीय तहको सिफारिस |
|||||||||||
| 11 |
हातहतियार नामसारी सम्बन्धी |
|||||||||||
|
१. निवेदन नमूना बमोजिमको २. अनुसूची १३ र १४ बमोजिमको फाराम ३. लिने दिने दुबैको ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज ४. स्वास्थ्य प्रतिवेदन र प्रहरी प्रतिवेदन ५. मरुवा नामसारीको हकमा मृत्यु दर्ता, कहदारको इच्छापत्र, नाता प्रमाणित |
|||||||||||
| 12 |
हातहतियार नवीकरण सम्बन्धीः |
|||||||||||
|
१. निवेदन (नमूना बमोजिमको) २ हातहतियार इजाजत पत्र र नागरिकता प्रमाणपत्रको छाँयाप्रति । ३. सम्बन्धित स्वयम उपस्थित नभएमा सम्बन्धितको इच्छापत्र, नाता खुल्ने सरकारी कागजात । |
|||||||||||
| 13 |
हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी |
|||||||||||
|
१. निवेदन २. ना.प्र.प.को नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण |
|||||||||||
| 14 |
विष्फोटक पदार्थ सम्बन्धी |
|||||||||||
|
१. निवेदन २. संस्था/प्रतिष्ठानको आधिकारिकता ३. अन्य विषय नियमावली बमोजिम |
|||||||||||
| 15 |
संस्था दर्ता सम्बन्धी |
|||||||||||
|
१. रितपूर्वक तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको सिफारिस पत्र २. तदर्थ भेलाको निर्णय ३. विधानको ५ प्रति र प्रत्येक पानामा प्रवन्ध/तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस) ४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण ५. प्रहरी प्रतिवेदन प्रवन्ध समितिका पदाधिकारीहरुको बारेमा ६. उपभोक्ता भेलाको उपस्थति र तदर्थ समिति गठनको निर्णय नोट :नागरिकता लगायत पेश भएका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ । |
|||||||||||
| 16 |
संस्था नवीकरण |
|||||||||||
|
१. रितपूर्वकको निवेदन २. संस्था दर्ता प्रमाणपत्रको सक्कल ३. लेखापरीक्षणको प्रतिवेदन ४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र ५. वार्षिक प्रगति विवरण ६. कार्यसमितिको निर्णयको प्रतिलिपि ७. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि ८. स्थानीय तहको सिफारिस पत्र र कर चुक्ता प्रमाण । ९. आवश्वयकता अनुसार स्थानीय तह र प्रहरी समेतको मुचुल्का |
|||||||||||
| 17 |
संस्थाको विधान संशोधन |
|||||||||||
|
१. रितपूर्वकको निवेदन २. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि ३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण) ४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि |
|||||||||||
| 18 |
छापाखाना संचालन सम्न्नधी इजाजत |
|||||||||||
|
१. निवेदन | |||||||||||
| 19 |
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी |
|||||||||||
|
१. रितपूर्वकको निवेन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण |
|||||||||||
| 20 |
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी |
|||||||||||
|
१. संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र । २. स्वीकृत विधानको छाँयाप्रति र संस्था दर्ता प्रमाणपत्रको छाँयाप्रति एवं नविकरण सम्वन्धी विवरण । ३. स्थानीय तहको सिफारिस । ४. संस्था दर्ता भएको जिल्ला प्रशासन कार्यालयको सिफारिस । ५. समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति । ६. निवेदन र निवेदकहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति । |
|||||||||||
| 21 |
गुनासो तथा ठाडो उजुरी सम्बन्धी |
|||||||||||
|
१) सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति । २) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु । (उजुरीको प्रकृति हेरी जि.प्रहरी.का.वा सम्बन्धित कार्यालयमा पठाउने, आवश्यकता अनुसार कार्यालयमा दुवै पक्ष झिकाई छलफल गराइने र आवश्यक निर्देशन दिने, थप वुझ्नु पर्ने भएमा पक्ष विपक्षलाई तारेखमा राखेर छलफल गराइने, आवश्यक निर्देशन दिने वा कारवाही गर्ने) । |
|||||||||||
| 22 |
पत्रपत्रिका दर्ता सम्बन्धी |
|||||||||||
|
१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको हुनुपर्ने २. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि ३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि ४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण) ५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले ६. कर तिरेको प्रमाण ७. प्रकाशकको प्रहरी प्रतिवेदन |
|||||||||||
| 23 |
जनजाती प्रमाणित सम्बन्धी |
|||||||||||
|
१) सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति । २) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु । ३) स्थानीय तहको सिफारिस |
|||||||||||
| 24 |
दैवी प्रकोप सहायता वितरण सम्बन्धी |
|||||||||||
|
विवरण खुलेको सम्बन्धित पीडित व्यक्तिको निवेदन सम्बन्धित स्थानीय तहको सिफारिस प्रहरी कार्यालयबाट भएको मुचुल्का पत्र पहिचान खुल्ने प्रमाण पत्रको प्रतिलिपी |
|||||||||||
| 25 |
कालो बजारी सम्बन्धीः |
|||||||||||
|
जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दरता भई जिल्ला न्यायाधिवक्ताद्वारा अभियोग सहित मुद्दा दायर हुने । | |||||||||||