Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

न्यून व्यान्डविथ Invert Color A- A A+

बैदेशिक रोजगारमा जानेहरुलाई जिल्ला प्रशासन कार्यालय, पाँचथरको सन्देशः

2075-10-11

2075-10-11


  1. केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ ।

  2. लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।
  3. घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।
  4. बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।
  5. बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ।
  6. विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।
  7.  बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ ।
  8. व्यवसायिक वा Visit भिसामा जानु हुदैन ।
  9. जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।
  10. घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।
  11. बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ ।
  12. कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ ।
  13. कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।
  14. स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ ।
  15. अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन ।
  16. बेचिन वा ठगीमा पर्न सकिन्छ ।
  17. आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ।
  18. यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।
  19. बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।
  20. बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।
  21. बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।
  22. आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।
  23. सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।

पछिल्लो अपडेट गरिएको : 2083-01-14 09:11:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .