Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लास्थित कार्यालय प्रमुखज्यूहरुको बैठकको निर्णय

२०७५-०८-०६ २०७५-०८-०६

मिति २०७५ मंसिर ५ गते प्रमुख जिल्ला अधिकारी श्री प्रकाशचन्द्र अधिकारीज्यूको अध्यक्षतामा बसेको पाँचथर जिल्लाका कार्यालय प्रमुखज्यूहरुको बैठकमा विविध विषयहरुमा छलफल भई देहायबमोजिम निर्णय गरियो ।

देहायः- 

  1. गृह मन्त्रालय निजामती कर्मचारी प्रशासन शाखाको च न ६७५, मिति २०७५।०६।२१ को प्राप्त निर्देशन बमोजिम  बिगतको कार्यालय प्रमुखको वैठकबाट भएको निर्णय अनुसार सुशासन र सदाचार प्रर्वद्धन गर्ने, काम प्रति इमान्दार भई प्रत्येक राष्ट्र सेवक कर्मचारीले प्रत्येक दिन कार्य प्रारम्भ गर्नु अघि "म भ्रष्ट्रचार गर्दिनँ । म भ्रष्ट्रचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।" भन्ने प्रतिज्ञा वाचन पश्चात कार्यालयको कार्य प्रारम्भ गर्ने साथै उक्त वाक्य लिखित स्टिकर वा व्यानर बनाई कार्यालय परिषरमा राख्ने व्यवस्थाको कार्यान्वयन भए नभएको समिक्षा गरियो । कार्यान्वयन बाँकी रहेका कार्यालयहरुले तत्काल कार्यान्वयन गर्ने ।
  2. सार्वजानिक खरिद ऐन को परिच्छेद २ दफा ६ र सार्वजानिक खरिद नियमावलीको परिच्छेद २ नियम ८ मा कार्यालयले वार्षिक खरिद योजना बनाउने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम तयार खरिद योजना अविलम्व अनुगमन प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र हालै स्थापना भएका प्रदेश कार्यालयहरुले १५ दिन भित्र खरिद योजना तयारी गरी पठाउने ।
  3. वार्षिक कार्ययोजना बमोजिम स्वीकृत लागत, गुणस्तर र समयमा योजना/आयोजनाको कार्य गर्ने र हालसम्मको प्रगति विवरण अर्को कार्यालय प्रमुखको वैठकमा पेश गर्ने ।
  4. सबै कार्यालयहरुले नागरिक प्रतिको दायित्व, जवाफदेहिता, उत्तरदायित्व बोध गरेर व्यवसायी प्रतिष्ठालाई समेत ध्यानमा राखी जनताले सुशासनको प्रत्यक्ष अनुभूती गर्न सक्ने गरी सेवा प्रवाहलाई अझ बढी सहज, सरल र छिटोछरितो, प्रविधिमैत्री र सेवाग्राही मैत्री बनाउने ।
  5. कार्यालयमा रहेको वेरुजु फछयौट गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी वेरुजु अंगलाई शून्य बनाउने तथा पेश्की रकम फछयौट कार्यलाई समयभित्र फछयौट गर्ने ।
  6. विगतमा कार्यालय प्रमुखको बैठकबाट भएका निर्णयहरु कार्यान्वय हुन बाँकी भए तत्काल कार्यान्वयन गर्नु हुन ।
  7. प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्ने र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउने ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .