Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लास्थित कार्यालय प्रमुखज्यूहरुको बैठकको निर्णय

२०७५-१०-०७ २०७५-१०-०७

मिति २०७५ माघ ६ गते प्रमुख जिल्ला अधिकारी श्री प्रकाशचन्द्र अधिकारीज्यूको अध्यक्षतामा बसेको पाँचथर जिल्लाका कार्यालय प्रमुखज्यूहरुको बैठकमा विविध विषयहरुमा छलफल भई देहायबमोजिम निर्णय गरियो । 

देहायः-

१. अघिल्लो बैठकबाट भएका निर्यणहरुको कार्यान्वयनको प्रगति विश्लेषण एवं समीक्षा भयो । बाँकी निर्णय कार्यान्वयनलाई उच्च प्राथमिकता दिने ।

२. महालेखा परीक्षकको कार्यालयबाट बाह्य लेखापरिक्षण गर्ने क्रममा लेखापरिक्षण टोली जिल्लामा आएको हुँदा सबै कार्यालयहरुबाट उच्च प्राथमिकताका साथ लेखापरीक्षण गराउने । पुरानो बेरुजु समपरीक्षण गर्ने/गराउने ।

३. जिल्लास्थित कार्यालयहरुका सूचना अधिकारीहरुको मिति २०७५/१०/०४ गते बसेको बैठकका निर्णयहरुका बारेमा जानकारी भयो । उक्त निर्णयहरु सबै कार्यालयहरुले तत्काल कार्यान्वयन गर्ने ।

४. जिल्ला स्थित सबै कार्यालयहरुले आ-आफ्नो कर्मचारीहरुको पद अनुसारको कार्य विवरण तयार गरी सो अनुसारको कार्य सम्पादन गर्न जिम्मेवारी तोक्ने ।

५. जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७५ माघ ४ गते बसेको बैठकबाट अध्यावधिक गरि स्वीकृत गरिएको जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना, २०७५ र आगलागी जोखिम न्यूनीकरण कार्ययोजना, २०७५ मा परेका आ-आफ्नो क्षेत्रभित्रका तोकिएकका विषयहरु उच्च प्राथमिकताकासाथ कार्यान्वयन गर्ने ।

६. 'अझ राम्रो, अझ वलियो' दिगो विकासको अवधारणा अनुरुप तोकिएको स्वीकृत गुणस्तर, समय सीमा र बजेटभित्र कार्यसम्पादन गर्ने र नयाँ जोखिम उत्पन्न नहुने सुनिश्चितता गर्ने ।

७. जिल्ला स्थित सबै कार्यालयहरुको अध्यावधिक नागरिक बडापत्रको संगालो एकीकृत रुपमा प्रकाशन गर्न देहाय बमोजिम सदस्य रहेको एक समिति गठन गर्नेः

देहायः

संयाेजक            श्री मेघराज राई                           डिभिजन वन कार्यालय

सदस्य               श्री हर्षहाङ राई                          कृषि ज्ञान केन्द्र

सदस्य               श्री ध्रव भण्डारी                           जिल्ला निर्वाचन कार्यालय

सदस्य              श्री प्रकाश अधिकारी                     तथ्याङक कार्यालय

सदस्य              श्री देवीप्रसाद अधिकारी                जिल्ला हुलाक कार्यालय

८. गृह मन्त्रालयको च.नं. १२७२/२०७५/७६ मिति २०७५/१०/०२ को पत्र मार्फत संघिफय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन सम्बन्धमा गठन भएको निर्देशन तथा समन्वय समितको मिति २०७५/०९/२५ मा भएका निर्णयहरुको बारेमा जानकारी भयो ।

९. सबै कार्यालयहरुले जनताले सुशासनको प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी सेवा प्रवाहलाई अझबढी सहज, सरल, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउने । हरेक कार्यालय प्रमुखले सेवाग्राहीका गुनासा र समस्याहरुलाई महत्व दिइ उचित संवोधनको व्यवस्था मिलाउने । झिनामसिना कारणले सेवाग्राहीले सेवा प्राप्त गर्न नसक्ने वा ढिला सेवा प्राप्त हुने अवस्थाको अन्त्य गर्ने । सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोगलाई बढाउने ।

१०. सबै कार्यालयका कर्मचारीहरुले नेपाल सरकारले तोकेको पोशाक (Dress code), परिचचय-पत्र र तोकिएको समय अवधिको पालना गर्ने/गराउने ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .