Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५ साल मंसिर ३ गते पाँचथर जिल्लामा माननीय गृहमन्त्री श्री रामबहादुर थापा (बादल)ज्यूबाट राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ

२०७५-०८-०३ २०७५-०८-०३

  1. मिति २०७५ साल मंसिर ३ गते पाँचथरको फिदिममा राष्ट्रिय परिचयप पत्र वितरण राष्ट्रिय समारोह शुभारम्भ कार्यक्रमको श्रीमान गृह सचिवज्यूको अध्यक्षतामा प्रमुख अतिथि माननीय गृह मन्त्री श्री रामबहादुर थापा 'बादल'ज्यू, विशेष अतिथि १ नं. प्रदेशका माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यू, प्रतिनिधि सभाका सदस्य माननीय श्री बसन्तकुमार नेम्बाङज्यू, १ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री इन्द्रबहादुर आङ्बोज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिद्ष कार्यालयका सचिव श्रीमान केदारबहादुर अधिकारीज्यू, १ नं. प्रदेशका प्रमुख सचिव एवं क्षेत्रीय प्रशासक श्रीमान् केदार न्यौपानेज्यू, प्रदेश सभाका सदस्यहरु, पूर्व राज्यमन्त्रीज्यूहरु, IDEMIA Identity and Security का  President APAC, Mr. Tim Ferris ज्यू, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक श्रीमान् दिपक काफ्लेज्यू, १ नं. प्रदेश प्रहरी कार्यालयका प्र.ना.म.नि. केदार रिजालज्यू, १ नं. बाहिनी पकलीका स.प्र.ना.म.नि. श्री मन्दिप श्रेष्ठज्यू, राष्ट्रिय अनुसन्धानका प्र.ना.म.नि. श्री सुनिलकुमार ढकालज्यू, राजनीतिक दल, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाज, स्थानीय नागरिक लगायतको उपस्थितिमा प्रमुख अतिथि माननीय गृह मन्त्रीज्यूले राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने प्रथम व्यक्ति (सर्वसाधारण) पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. ४ निवासी जेष्ठ नागरिक १०१ वर्षीय श्री भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण एवं दोसल्ला ओढाएर सम्मान गर्नु भई माननीय गृह मन्त्रीज्यूले राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने प्रथम व्यक्ति (सर्वसाधारण) श्री भगवतीदेवी भण्डारीबाट राष्ट्रिय परिचय पत्र ग्रहण गर्नु भयो ।
  2. गृह सचिव श्रीमान् प्रेमकुमार राईज्यूले जिल्ला प्रशासन कार्यालय, पाँचथरमा जडान गरिएको डिजिटल(DIGITAL)  नागरिक वडापत्र सञ्चालनको शुभारम्भ गर्नु भयो । त्यस अवसरमा श्रीमान सचिवज्यूबाट कार्यालयमा जडान भएको डिजिटल(DIGITAL)  नागरिक वडापत्रको माध्यमबाट जनताले सुशासनको प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी सेवा प्रवाहलाई अझबढी सहज, सरल, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन, कार्यसम्पादन गर्दा प्रक्रियागत उल्झनमा नअल्झी सेवाग्राहीलाई सहजीकरण गर्न, सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोगलाई बढाउन एवं सुशासन कायम गरी जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन गर्नुभयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .