Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रेस विज्ञप्ति सम्बन्धमा

२०७५-०७-२० २०७५-०७-२०

                                                                                                                                                                                  मितिः- २०७०७२०

विषयः- प्रेस विज्ञप्ति ।

 

नेपालीहरुको महान चाड शुभ-दिपावली (वलिहाङ) नेपाल सम्वत, चासोक तङनाम एवं छठ पर्व २०७५ का अवसरमा देउसी भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुबाट जिल्लाको शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राति १०.०० बजेसम्म मात्र गर्न गराउनु हुन सबै जिल्लाबासीहरुमा हार्दिक अनुरोध छ ।

उक्त पर्वको अवसरमा पट्का, भुईचम्पा र आतिसवाजी जस्ता विस्फोटक पदार्थहरुको प्रयोगबाट सर्वसाधारण जनताहरुको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस्ता विस्फोटक पदार्थहरुको उत्पादन, आयत, निर्यात, विक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न र बालबालिकाहरुलाई भुईचम्पा, पट्का, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग गर्ने पूर्ण प्रतिबन्ध लगाईएको व्यहोरा अनुरोध गरिन्छ । यदि कसैले यसमा उल्लेख गरिए अनुसारका प्रतिवन्धित कार्यहरु गरी गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही भई जाने व्यहोरा समेत अनुरोध छ ।      

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .