Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, पाँचथरको विशेष अनुरोध

२०७५-०८-१९ २०७५-०८-१९

सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, पाँचथरको विशेष अनुरोध

  1. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवावापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु  पर्दैन ।
  2. जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन ।
  3. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छौं भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीलाई सूचना दिनुहोस् ।
  4. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस् ।
  5. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील  छन् । तपाईको सन्तुष्टी नै हाम्रो सन्तुष्टी हो ।
  6. ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकता साथ सेवा उपलब्ध हुन्छ । साथै यस कार्यालयमा प्रयोग हुने निवेदन निशुल्क सहायता कक्ष (Help Desk) बाट उपलब्ध हुने र लेखि दिने समेतको व्यवस्था भएकोले सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।
  7. सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर छन् ।
  8. कार्यालयको सेवासम्बन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेभसाइट www.daopanchthar.moha.gov.np मा लगइन गरेर र एन्ड्रोइड मोवाइलको गुगल प्लेस्टोरमा गई DAO Panchthar लेखेको एप्लिकेशन डाउनलोड गरी हेर्नुहोस । साथै यस कार्यालयको फेसवुक पेज जिल्ला प्रशासन कार्यालय पाँचथर बाट पनि यस कार्यालयको विभिन्न गतिविधि तथा सूचना तथा समाचार समेत जानकारी लिन सकिने छ ।
  9. जिल्ला प्रशासन कार्यालय, पाँचथरमा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राहीहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन टोल फ्रि नम्बर १६६०२४५२१११ र ईमेल ठेगाना dpanchthar@gmail.com मा सम्पर्क गर्नुहोस् वा यस कार्यालयको सूचना एवं गुनासो सुनुवाई अधिकारीसँग सम्पर्क गर्नुहोस् ।
  10. कार्यालय परिसरलाई प्लाष्टिक/फोहोर निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .