Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आगेजुङ गुम्बा

२०७५-१०-१० २०७५-१०-१०

तेजपुञ्जका रुपमा शक्ति उत्पत्ति भएको र यसै क्षेत्रमा पूर्वाञ्चलकै पुरानो गुम्बा अवस्थित भएको मानिएकोले तेजपुञ्ज र शक्ति पुञ्जका विषयमा रुद्राक्षरन्य हिमवतखण्डमा उल्लेख भएको पाइन्छ । यो मेची राजमार्गले छोएको पाँचथरको भारपा, पञ्चमी र थर्पु गाविसको सिमानामा छ । समुद्री सतहबाट करिब एक हजार पाँचसय फिटको उचाईमा अवस्थित यस गुम्बा पूर्वाञ्चलकै सबैभन्दा पुरानो गुम्बा हो । यस गुम्बामा बस्ने लामा पुरोहितहरुले यहाँ निरन्तर पाठ गरिरहन्छन् । यहाँ लामा पुरोहित उत्पादन गर्न बौद्ध शिक्षा दिइने आगेजुङ गुम्वालाई तेजुञ्ज नामले पनि पुकारिन्छ । २०१६ सालमा निर्मित यस गुम्बामा रिम्पोछे र शिव पार्वती, इन्द्र, महाकाली र बुध्दका अग्ला अग्ला प्रतिमुर्ति सजाइएका छन् । हरेक वर्ष बैशाख पुर्णिमा, मंसिर पुर्णिमा र फागु पुर्णिमामा मेला लाग्ने यो स्थानमा हिन्दु र बौद्ध मार्गीहरुले पटक पटक यज्ञ र पुराणको आयोजना गरिसकेका छन् ।

यस आगेजुङ गुम्बाबाट सदरमुकाम फिदिम, पौवाभञ्ज्याङ र सिलौटी जस्ता स्थानको दृश्यावलोकन गर्न सकिन्छ । मेची राजमार्ग अन्तर्गत झापा, इलाम फिदिम हुँदै जोरपोखरी सम्मको सवारी यातायात पश्चात करिब एक घण्टा तिस मिनेटको पैदल यात्रामा पुगिने आगेजुङ गुम्बासम्म जाने भक्तजन पर्यटक र यात्रुको सुविधालाई ध्यानमा राखेर यतिखेर धमाधम मोटरबाटो निर्माण गरिँदैछ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .