Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जलजले, फालेलुङ लामपोखरी र लालीगुराँस क्षेत्र

२०७५-१०-१० २०७५-१०-१०

पाँचथर जिल्लाको सुदूर उत्तर र पूर्वमा रहेका प्राङवुङ, मेमेङ, च्याङथापु र फलैंचा गाविसमा अरु पनि थुप्रै ताल र पोखरी छन् । छिमेकी भारतको सिक्किम र पश्चिम वंगालसँग सिमाना जोडिएका यी गाविसका प्रमूख पोखरीहरु प्राकृतिक, सुन्दरतासँगै पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छन, जसमध्ये एक हो जलजले पोखरी । यो पोखरी सदरमुकाम फिदिमदेखि करिव ११ कोष दुरी अर्थात प्राङवुङ गाविसको वडा नम्वर ६ मा पर्छ । तीन सय मिटर लम्वाई र २ सय ५० मिटर चौडाईमा फैलिएको यो पोखरी भारत र नेपालको सिमानामा पर्ने फालौट तथा इलामको सन्दकपुर नजिकै पर्छ ।लहलह माछा खेल्ने र हरियो पानी छचल्किइरहने यो पोखरी हेर्नमा जति सुन्दर छ त्यत्तिकै धार्मिक महत्वले पनि सम्पन्न छ । जलजले पोखरी रहेको प्राङवुङ गाविसका छिमेकी च्याङथापु र मेमेङ गाविसमा पर्ने अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो फालेलुङ लामपोखरी क्षेत्र । एक दर्जन पोखरी नजिकै छाँगा, छहरा र ऐतिहासिक ओढार समेत भेटन सकिने यो क्षेत्रलाई पर्यटकीय स्वरुप दिन लामपोखरी सामुदायिक वनले ३ पटक फलौट लामपोखरी लाली गुराँस महोत्सव आयोजना गरिसकेको छ । त्रिभुवन विश्व विद्यालयको वातावरण तथा जैविक विविधता सम्वन्धी अध्ययन गर्न आएको एक टोलीले तीनवर्ष अघि सार्वजनिक गरेको तथ्यांक अनुसार यो क्षेत्रमा पूर्वकै सवैभन्दा धेरै प्रजाती अर्थात २८ थरी लाली गुराँस पाइन्छन् । फालौट लामपोखरी क्षेत्रको धेरैजसो भुभाग च्याङथापु र मेमेङ गाविसमा पर्छ । सदरमुकाम फिदिमवाट करिव १६ कोषको दुरी अर्थात भारतको सिक्किम र दार्जिलिङ्गसँग सिमाना जोड्ने यस स्थानमा डवला, गुण्टे, हर्कटे, सुके र हिले नामका सहित एक दर्जन ताल, पोखरी र नजिकै काली ओढार अनि पानावा र खेवाथाम नामका झर्ना पनि छन् ।

यी पोखरीहरुको एक पछि अर्को गर्दै भ्रमण गर्न कम्तीमा छ घण्टा लाग्छ । घना जंगल र सुन्दर वातावरणमा रहेका पोखरीमा वाह्रैमास पानी घट्दैन । आसपासमा विभिन्न प्रजातीका चराचुरुङ्गी र वन्यतन्तुको वासस्थान रहेको भेटिन्छ । डवला पोखरी फालौट लामपोखरी क्षेत्रको प्रवेशद्वार अर्थात मेमेङ्ग गाविस वडा नम्वर ३ मा छ । यहाँवाट १५ मिनेट पैदल यात्रा गरेपछि अर्को पोखरी परालको गुण्टाजस्तै आकारमा भेटिन्छ त्यसैले यो पोखरीको नाम गुण्टे पोखरी रहेको हो । पानावा झर्नापाँचथरको मेमेङ्ग गाविस वडा नम्वर ३ र ६ को संगममा अवस्थित छ पानावा झर्ना । यो जिल्लाकै सवैभन्दा आकर्षक र लामो झर्ना हो ।३ सय ५९ मिटर लम्वाई भएको तेह्रथुमको ह्यातुङ्ग झर्नालाई नेपालकै सवैभन्दा लामो झर्ना भनिए पनि पानावा झर्नाको भने लम्वाई अहिलेसम्म नापिएको छैन ।मेमेङ्ग गाविसको ३ र ६ नम्वर वडालाई सिमाना छुट्याएर रहेको यो झर्ना हेर्दा ह्यातुङ्ग भर्ना वरावरको देखिन्छ भने आकर्षक पनि उत्तिकै छ । बाहैमास सङलो पानी खसिरहने यो झरनाको सिरमा गुप्तेश्वर किरातेश्वर सिवालय छन । त्यसकारण यो झर्नाको प्राकृतिक महत्वसँगै धार्मिक र ऐतिहासिक महत्व पनि जोडिएको छ । यहाँ स्थित गुप्तेश्वर मन्दिरमा मेमेङ्ग, प्राङ्गवुङ्ग र सिदिन गाविसका व्राह्मण समुदायले विगत पाँच वर्षयता वर्षेनि पुराण लगाउनुका साथै नियमित पुजा पाठ गर्दै आएका छन । “यो झर्ना पोखराको डेभिट फल्स भन्दा कम छैन स्थानीय साहित्यकार सन्दीप झझल्को भन्छन अहिलेसम्म लम्वाई ननापिएकाले यति नै हो भनेर भन्ने ठ्याक्कै लम्वाई भन्न नसकिएपनि यो झर्ना जिल्लाकै सवैभन्दा ठुलो र रमणीय झर्ना हो भन्ने हाम्रो दावी छ ।” पानावा झर्ना रहेको स्थान वरिपरि लिम्वु समुदायको वसोवास छ लिम्वु भाषामा पाना भनेको पानी र वा भनेको छ अर्थात पानावा भनेको यहाँ पानी छ भन्ने अर्थ लाग्छ । तसर्थ हिँउद वर्षा वाह्रैमास निरन्तर छङ्गछङ्ग गरेर पानी झरिरहने भएकाले यस झर्नाको नाम पनि लिम्वू भाषावाटै पानावा भनेर राखिएको स्थानीय वुढापाकाको भनाई छ । यो झर्ना हेर्न मेमेङ्ग सहित छिमेकी प्राङ्गवुङ्ग, सिदिन र एकतिन गाविसवाट प्रसस्तै मानिसहरु आउने गर्दछन् यो वाहेक पुर्वोत्तरी पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रका धार्मिक सास्कृतिक र ऐतिहासिक स्थलहरुको भ्रमणमा आउने वाह्य पर्यटकहरुले पनि यो झर्नाको दृष्यावलोकन गर्नुका साथै रमणीय दृश्य क्यामेरा कैद गरेर लैजाने गरेका छन । पानावा जस्तै मेमेङ्ग गाविसमा खेवाथाम खोलामा अरु थप ३ वटा छाँगा छन खेवाथामवाट विजुली निकालेर मेमेङ्ग गाविसका ४, ५, ६, ८ र ९ नम्वर वडाका ५ सय अधिक घरधुरीलाई सेवा दिइएको छ । यस्तै पानावा झर्नावाट पनि विजुली निकाल्ने हो भने मेमेङ्गका थप ३ बाँकी सवै वडामा विजुली आपुर्ति गर्न सकिने पक्का छ । माल पाएर पनि चाल नपाएको भनेझै पाँचथरका उत्तरी क्षेत्रमा पानावा जस्ता पर्यटकीय सम्भावना वोकेका अरु पनि थुप्रै महत्वपूर्ण स्थलहरु छन तसर्थ यिनीहरुबाट हुनसक्ने विकासका सम्भावनाहरुको अध्ययन गरेर अगाडि वढ्न सके यस क्षेत्रको विकासमा टेवा पुग्ने पक्का छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .