Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लब्रेकुटी

२०७५-१०-१० २०७५-१०-१०

इम्बुङ र फिदिमको सिमानामा पर्ने सिलौटी मन्दिर नजिकै फिदिम र चोकमागु गाविसको सिमानामा लब्रेकुटी भन्ने अर्को स्थल छ जुन महागुरू फाल्गुनन्द लिङदेनद्वारा बि.सं१९८३ सालमा स्थापना गरेका हुन् । किराँत धर्मावलम्बीहरुको आस्थाको धरोहरका रुपमा स्थापित यस स्थानमा सयौं रोपनी जमिन खाली रहेको छ जुन तत्कालिन सुव्वाहरूद्वारा उक्त स्थलका नाममा प्रदान गरिएको हो र यस स्थलमा महागुरूको शालिक पनि बनाइएको छ । हाल पिकनिक क्षेत्रका रुपमा स्थापित लब्रेकुटी, सिलौटी र पौवाभञ्ज्याङ क्षेत्रमा फागुन चैतमा बिभिन्न प्रजातिका रङगीचङगी गुराँसका फुल्दछन् । यस स्थानमा किराँतिहरूको भाषा र संस्कृति अध्ययन अध्यापन गर्नाका लगि नेपाल सरकारबाट मान्यता प्राप्त बिद्यालय पनि खुलेको छ

१९८८ साल बैशाख २४ गते फाल्गुनन्दले यसै स्थानमा वृहत १० लिम्बु १७ थुमको चुम्लुङ सभा गरेका थिए । त्यो सभा लिम्बुहरूको ठूलो यज्ञ थियो । यसै यज्ञमा उनेले १० बुँदे सत्य धर्मको लिखित मुचुल्का पारित गराए । वास्तवमा लिम्बुहरू त्यसै रीतिरिवाजमा नै बाँधिन थाले । अनि त्यस मुचुल्कालाई नै उनिहरूले आफ्नो जातिय धर्म माने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .