Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सिलौटी

२०७५-१०-१० २०७५-१०-१०

पौवाभञ्ज्याङबाट करिब २५ मिनेटको यात्रापछि सिलौटी मन्दिर पुगिन्छ । राष्ट्रिय बिभूति तथा किराँत धर्मका प्रणेता फाल्गुनन्द लिङदेनको तपोभूमिका रुपमा परिचित सिलौटीको उचाई समुद्री सतहदेखि करिव आठ हजार आठसय छपन्न फिट छ ।

महागुरु फाल्गुनन्दले भारतमा लाहुरे जीबन बिताएर फर्केपछि १० लिम्बुवानका मानिसलाई भेला गराएर सत्यधर्म मुचुल्का तयार गरेको ठाँउ पनि सिलौटी मन्दिर नै हो । महागुरुको समाधिस्थल पनि सिलौटी मै छ । समाधिस्थल भएको क्षेत्रमा नेपाल टेलिकमको रिपिटर टावर र त्यसको सुरक्षार्थ खटेका नेपाली सेनाको टुकडी पनि यँहि छ । किराँत धर्मगुरू तथा सामाज सुधारक फाल्गुनन्दको समाधिस्थल मात्र नभई सत्य धर्मको घोषणा गरेको स्थान पनि भएकोले सिलौटी किराँत धर्माबलम्बीहरुले एक पटक अनिवार्य पुग्नै पर्ने स्थान पनि हो । किराँत माङहिमका नामले चिनिने मन्दिर समेत रहेका कारण सिलौटीमा मासिक ५ देखि १० हजारको हाराहारीमा नेपाल र विदेशवाट किराँत धर्माबलम्बी र आन्तरिक एबं केहि मात्रामा विदेशी पर्यटक पनि यहाँ पुग्छन् । महागुरु अहिंसा र शान्तिका प्रतिक भएका कारण यस क्षेत्रमा मासु मदिरा निशेध गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .