Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हिलिहाङ दरबार

२०७५-१०-१० २०७५-१०-१०

यो दरबार पाँचथरको अमरपुरपञ्चमी र नाँगी गाँउ विकास समितिको सिमानामा अवस्थित छ । किराँत कालमा किराँती राजा हिलिहाङले गोर्खाली सेनाहरू संग वीरतापूर्वक लडी सार्वभौमिकताको रक्षा गरेको यो स्थान ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । धार्मिक, सास्कृतिक ऐतिहसिक र पर्यटकीय दृष्टिकोणको महत्व बोकेर वसेको पुर्वाअञ्चलकै नामी हिलिहाङ दरवार जिउदो इतिहास वोकेका तत्कालिन राजा हिलिहाङ योङहाङ र पृथ्वी नारायण शाह वीच १० औ पटक सम्मयुद्ध लडि एकआपसमा नहारी दुवै पक्षले दुरदर्शिता देखाई नेपाल अधिराज्यको खाका कोरेका थिए ।

आजभन्दा करिब ६ सय बर्ष अगाडी निर्मित उक्त दरबारको अहिले भग्नावशेष मात्र बाँकी छ । त्यसताका हिलिहाङले आफ्ना दुश्मनसँग लडाँई गर्न प्रयोग गरेका खुँडा खुकुरी र तोप अहिलेसम्म सुरक्षित छन् । ती हतियारलाई पञ्चमी नागी र थर्पुका लिम्वू जातीले संरक्षण गरेका छन् । नेपाल राज्यको एकिकरण पूर्ब पल्लो किराँत लिम्बुबानका नामले परिचित यो क्षेत्रका लिम्बू जातीको बहादुरीको कदर गर्दै उपहार स्वरुप पृथ्बीनारायण शाहले दिएका निशान पनि यहिं छ। सोही निशान र हात हतियार प्रत्येक वर्ष बडादशैंको नवमीका दिन किराँत मुन्धुम अन्तरगत पुजा गरेर प्रदर्शन गर्ने चलन छ । यो बाहेक राजा हिलिहाङको दरबार निर्माणमा प्रयोग भएका ईंटा हालसम्म पनि छन् ।

पूर्वाञ्चलको पाँचथर जिल्ला अन्तरगत नागी, अमरपुर र विशेषगरी पञ्चमी गरी तीन गा.वि.स.को सिमानामा अवस्थित जिउँदो इतिहासले भरिपूर्ण धर्म, सँस्कृतिक, सभ्यता तथा ऐतिहासिक महत्व वोकेको हिलिहाङ दरवार समुन्द्र सतहवाट करिव १९ सय मिटर उच्चाईमा र करिव १३ सय ( हाल अतिक्रमण) रोपनीको क्षेत्रफल फैलिएको छ। झापा र ताप्लेजुङ सडक खण्ड कालोपत्रे गर्नेकार्य सम्पन्न भएतापनि हिलिहाङ दरवार पुग्‍ने सडक (करिब ३ किमि) हालसम्म पक्‍की हुन सकेको छैन भने बर्षायाममा यो सडक पूर्णतया बन्द हुने गरेको छ । हिलिहाङ दरवारसम्म कालोपत्रे सडक वन्न सकेको खण्डमा नेपालको पुर्वी पहाडमा अवस्थित प्रसिद्व पाथीभरा मन्दिर लगायत कंचनजंघा र कुम्भकर्ण हिजाल अवलोकन गर्न जाने पर्यटकहरु हिलिहाङ दरबारको अवलोकन गर्न सक्‍ने देखिन्छ ।

हिलिहाङ दरवारबाट कञ्चनजंघा र कुम्भकर्ण हिमाल र पाथीभरादेवीको मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेहथुम जिल्लाका थुप्रै स्थानको दृश्यावलोकन गर्न सकिन्छ । मेची राजमार्गको फिदिम सडक ताप्लेजुङ हुँदै जाने गाडी चढेर नाँगीको हिलिहाङ चोकमा उत्रेर करिब आधा घण्टाको पैदल यात्रा पछि हिलिहाङ दरबार पुगिन्छ । करिव ६ सय वर्ष अगाडी दरवार निर्माण गर्न तिब्बतबाट ल्याईएका इटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यस स्थल पर्यटकीय संगै पुरातात्विक दृष्टिकोणलेपनि महत्वपूर्ण छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .