Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जोर पोखरी

२०७५-१०-१० २०७५-१०-१०

धार्मिक तथा पर्यटकीय सुन्दर स्थान हो पाँचथरको जोरपोखरी । पाँचथर सदरमुकाम फिदिमबाट लगभग २७ किलोमिटरको दुरीमा रहेको जोरपोखरी मेची राजमार्ग अन्तर्गत फिदिम–ताप्लेजुङ सडकमै पर्दछ । प्राचीन कालदेखि नै जोरपोखरीको धार्मिक महत्व सर्वत्र प्रचारित छ । यहाँ स्थापित शिवालय मन्दिर र धेरै पहिलेदेखि चल्दै आएको गुरुकूल शिक्षा यहाँ विशेष उल्लेखनीय छन् । पाँचथरका सुभाङ, पञ्चमी, भारपा र एकतीन गाविसको संगम स्थलमा रहेको यो पवित्र क्षेत्रमा विभिन्न समयमा धार्मिक अनुष्ठानहरु पनि हुने गर्दछन् । सो क्रममा देशभरका हिन्दू धर्मावलम्बीहरु यस क्षेत्रमा पुग्दछन् । आसपासका चारवटै गाविसका प्रतिनिधिहरुको संयोजकत्वमा यो क्षेत्रको व्यवस्थापन हेर्ने गरिन्छ । हरेक वर्षको श्रावण १ गतेदेखि लगभग २ घण्टाको दुरीमा रहेको तमोर नदीबाट जल ल्याई शिवजीलाई चढाउने गरिन्छ । त्यसको लागि सबै गाविसका इच्छुक व्यक्तिहरुलाई समावेश गर्नेगरी तालिका बनाई पानी ल्याउने र शिवलिङ्गमा चढाउने प्रचलन रहेको छ । यहाँका स्थानीयहरु आफूले तमोरबाट पानी ल्याई उक्त शिवालय मन्दिरमा चढाउन पाउँदा पुण्य प्राप्ति गरेको महशुस गर्दछन् । यो क्रम श्रावण महिनाभर चल्ने गर्दछ ।

सिंह र सिद्ध गरी दुईवटा पोखरी आमने सामने रहेकाले यी पोखरीलाई जोर पोखरी भनिएको हो । पछिल्लो समयमा सिंह पोखरीलाई भाले र सिद्धलाई पोथी भनेर वोलचालको भाषामा प्रयोग गर्न थालिएको छ । यस पोखरीको नजिकै आगेजुङ गुम्वा, शिव गङगा, हिलिहाङ दरवार जस्ता धार्मिक एवं ऐतिहासिक स्थलहरू पनि छन् । झापाको विर्तामोडवाट इलाम, फिदिम हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गले छोएका कारण यहाँ सहजै पुग्‍न सकिन्छ । यहाँ हरेक वर्ष विभिन्न धार्मिक प्रवचन तथा पुराणहरु लाग्‍ने गर्दछ । जिल्लाका ब्राह्मण समुदाय को अगुवाइमा संरक्षण गरिँदै आएको जोर पोखरीमा यस अघि विभिन्न समयमा योगी तथा तपस्वीहरूले ध्यान जप गरेर सिद्ध प्राप्त गरेको एवं यहाँ आएर तपस्या गरे सिद्वी प्राप्त हुने विश्वास रहेकाले जोर पोखरी क्षेत्रलाई सिद्ध स्थल क्षेत्र भन्ने गरिएको किंवदन्ती छ ।

ब्रह्म योग सिद्व स्थलका नामबाट परिचित जोर पोखरीमा संस्कृत बिद्यालय पनि छ । समुद्री सतहदेखि करिब १ हजार दुई सय मिटर उचाईमा पर्ने यस पोखरीदेखि सदर मुकाम फिदिम स्थित सुम्हात्लुङ मन्दिर, खलङगाटार याङनाम, महागुरु फाल्गुनन्दको तपोभूमी सिलौटी र लब्रेकुटी, तेजपुञ्जका नामले परिचित आगेजुङ गुम्बा, हिलिहाङ दरबार, कालापानी, कञ्चनजंघा र कुम्भकर्ण हिमाल एबं पुर्वको प्रशिद्व पाथीभरा देवी जस्ता दर्जनौं धार्मिक ऐतिहासिक र पर्यकटकीय स्थलको दृश्यावलोकन गर्न सकिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .