Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

तिम्बु पोखरी

२०७५-१०-१० २०७५-१०-१०

पाँचथर जिल्लाको सुदूर उत्तरी क्षेत्रमा पर्ने फलैंचा गाँउ बिकास समिति वडा नं. ९ मा अवस्थित छ तिम्बुङ पोखरी । पाँचथर सदरमुकाम फिदिम देखि १८ कोश उत्तरपूर्वमा पर्ने फलैचा गाउँ विकास समितिमा पर्ने यो स्थान ताप्लेजुङ्ग जिल्लाको कालीखोला गाविस तथा भारतको सिक्किमसँग सिमाना जोडिएको छ । ऐतिहासिक, धार्मिक एवं जैविक विविधता र प्रशिद्ध तिम्बुङ पोखरी पुग्न सदरमुकाम फिदिमबाट मेची राजमार्ग र मध्य पहाडी लोकमार्ग प्रयोग गरेर च्याङथापु हुँदै वा इलाम बजारबाट पशुपतिनगर, सन्दकपुर, फालौट मध्ये जुनसुकै बाटो भएर पनि यो स्थानमा पुग्न सकिन्छ । यी दुई मध्ये जुनसुकै बाटो भएर गएपनि तिम्वुङ पोखरी पुग्न मोटर बाटोको सुबिधा पुगेका ठाँउवाट तीन दिनसम्म पैदल यात्रा गर्नु पर्दछ । हरेक वर्ष जेठदेखि असोज सम्म, स्वदेशी तथा विदेशी पर्यटक भ्रमणका लागि आउने गरेपनि यो पोखरीका आसपासमा पर्यटकका लागि सुविधायुक्त होटल चाँहि छैनन् । तसर्थ यहाँ पुग्ने पर्यटकले नजिकै उपलव्ध चौंरी गोठमा बस्नु वा टेण्ट, स्लिपिङ ब्याग र खानपिनका सामग्री बोकेर चौरमै बासस्थान बनाएर बस्ने दुई मध्ये एउटा बिकल्प रोज्नु पर्दछ । तर यहाँ जाने पर्यटकले फालौट वा च्याङथापु जहाँवाट गएपनि याकलाई भारी बोकाएर जान सक्छन् ।

समुद्री सतहवाट ४३३८ मिटर उचाईमा रहेको तिम्बुङपोखरीमा असोज देखि वैशाख महिना सम्म हिउँ पर्ने गरेकाले पुग्न कठिनाई हुन्छ । यहाँ जाने उपर्युक्त मौसम भनेको बैशाखदेखि अशोज पहिलोसातासम्म हो । तिम्बुङ पोखरीको लम्बाइ करिब ४सय मीटर र चौडाइ २ सय मिटर रहेको छ । यस पोखरीको गहिराइ भने हालसम्म मापन गर्न सकिएको छैन । यस पोखरीका आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हांस पोखरी मयुरपोखरी, नीरपोखरी लगायतका अठारवटा पोखरीहरू छन् भने कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्डहरु माला जस्तै आकारमा रहेका छन् । तसर्थ तिम्वुङ पोखरी क्षेत्रलाई पुर्वको गोसाँइ कुण्ड पनि भन्ने गरिएको छ । यहांको प्राकृतिक सुन्दरता र दृष्यहरु पशु पंक्षी रंगीचंगी फूलहरु, अनेकौं जडीबुटी देख्दा यहाँ पुग्ने जो कोहिलाई आनन्दित तुल्याउँछ । तिम्बुङ पोखरीबाट निस्केको मूल पानीवाट इवा खोलाको उत्पत्ति भएको छ।

पोखरीमा तीर्थयात्रीहरुले चढाएको पैसा र अन्य वस्तुहरु पोखरीका पिँधमा विस्कुन सुकाएझै स्पष्ट देखिन्छ । पोखरीको सतहमा छिनछिनमा कुहिरोले ढाक्ने र उघ्रने क्रम दोहोरिरहन्छ ।यो पोखरीको पानी बिरामीलाई खुवाएमा बिरामी निको हुन्छ भन्ने जनविश्वास रहेकाले यहाँ आउने यात्रीहरुले सो पोखरीको पानी वोतलमा लिएर जाने गर्छन् । त्यस ठाँउमा स्वच्छ हावापानी र आसपासमा अनेकौ किसीमका जडीबुटी पाइन्छन् । तिम्वुङ पोखरी रहेको स्थानबाट खुल्ला मौसम भएका बेला कन्चनजंघा र कुम्भकर्ण लगायत विभिन्न हिमश्रृखंलाहरु मनोहक दृष्य, तराईका विशाल फांटहरु, अग्ला होचा पहाड र भारतको सिक्किम दार्जिलिङ्ग शहरहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .